News Portal

द्वन्द रुपान्तरण केन्द्रले दियाे मेचीनगरकाे आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री

रातोपोस्ट संवाददाता
४३० पटक

झापा, २७ जेठ । कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुर्याउनका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले मेची नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नगरले सञ्चालन गरेको आइसोलेशन केन्द्रका लागि करीब १ लाख रुपैयाको स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ति संगिता थापाले बताइन । आज द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ति थापाले झापाको मेची नगरपालिकमा पुगेर नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाइ संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकि हुन ।

पल्स अक्सिमिटर ५ थान, पि.पि.इ सेट ४० थान, थर्मन गन एक थान, फेस सिल्ड ४० थान, बाफ लिने बिद्युतिय स्टिमर ५ थान, सर्जिकल मास्क दुई हजार थान, ह्याण्ड सेनिटाइजर ५ लिटर, गम बुट ५ जोर, थर्म मिटर १० थान, झुल १० थान र डिटोल साबुन ५० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ति थापाले बताइन ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्