News Portal

प्रदेश १ सरकार : पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख विनियोजन

रातोपोस्ट संवाददाता
३४२ पटक

बिराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रलाई जोड्ने गरी पर्यटनमार्ग विकास गर्ने, नयाँ पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवर्द्धन गर्ने, प्रदेश पर्यटन नीति निर्माण गर्ने, विभिन्न जातजाति तथा समुदायको संस्कृति तथा परम्पराको संरक्षण र सम्वर्द्धन गर्ने लगायत कार्यक्रम सञ्चालन गरिने बताए।

प्रतिकृया दिनुहोस्