News Portal

शिवसताक्षीका युवाहरुले दिए सहिद तथा विपन्न परिवारलाई खाद्य सामग्री

रातोपोस्ट संवाददाता
७४४ पटक

झापा, ३ असार । झापाको शिवसताक्षीका युवाहरुको पहलमा लकडाउनको समयमा समस्यामा परेका विपन्न सहिद परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

शिवसताक्षी–२ का दिलिप बुढाथोकी र राजु दर्नालको सक्रियतामा विपन्न सहिद परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।

सक्रिय युवाहरुको टोलीले एक कार्यक्रमका बीच संकलन गरिएका खाद्यान्न सामग्रीहरु दमक स्थित युवा संगठन (वाइसीएल) नेपाल, प्रदेश नम्बर १ संयोजक कर्म पूलामी मगरलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना जोखिमको समयमा सहिद, बेपत्ता, घाइते र विपन्न परिवारको लागि राहात उपलब्ध गराइएको अभियानका सदस्य बुढाथोकीले बताए । युवाहरुको पहलमा संकलन गरिएका खाद्य सामग्रीहरुमा प्रकाश बस्नेत, तुलसी बास्कोटा, प्रतिक बस्नेत, कैलाश गुरुङ र रवीन कार्कीडोलीमार्फत १/१ बोरा गरी कुल २५० केजी चामल, भुपेन्द्र शाहबाट १ सय २० केजी परिमाण बराबरको ६ बोरा चिउरा, विपन्न/सहिद परिवारलाई सहयोग गरिएको अभियानका सदस्य दर्नालले बताए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रमको अवसरमा कार्यक्रममा संयोजक पुलामीले सहयोगी दाताहरुलाई धन्यवाद ब्यक्त गर्दै उपलब्ध भएका खाद्य सामग्रीहरु सहिद र बेपत्ता परिवारलाई वितरण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्