News Portal

नदी दोहनमा संलग्न झापाका २३ साधन नियन्त्रणमा

रातोपोस्ट संवाददाता
३७३ पटक

झापा, ३ असार । झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार र मङ्गलबार नियन्त्रणमा लिएका २३ सवारीसाधनमध्ये १८ वटा टिपर, चार वटा ट्याक्टर र एउटा पिकअप रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीले मेचीनगर र अर्जुनधाराका खोलाबाट उत्खनन र ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको डिएसपी थापाको भनाइ छ। अस्थायी प्रहरी चौकी इँटाभट्टाले प्रदेश ०३–००१–क–०२८९, प्रदेश ०३–००१–क–२३४, प्रदेश ०३–००१–क–००९८ र प्रदेश ०३–००१–क–००१५ नम्बरको टिपर मेचीनगर ८ स्थित दोकान डाँडाबाट नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेले बालुवा लोड गरिएको मे १ च २००५ नम्बरको पिकअप विरीङ खोलाबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पिकअपलाई कारबाहीका लागि बुद्धशान्ति गाउँपालिकाका पठाएको र गाउँपालिकाले १० हजार जरिवाना तिराएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीले प्रदेश ०३–००१–क–००८९, प्रदेश ०३–००१–क–००९९, प्रदेश ०३–००१–क–००९१, प्रदेश ०३–००१–क–००९२, प्रदेश ०३–००१–क–००९३, प्रदेश ०३–००१–क–००९७, ना १ क ७८९३, बा.प्र.०३–००१–क–००२७३, बा.प्र. ०३–००१–क–०२८८ र नम्बर उल्लेख नभएको अन टेस्ट दुई वटा टिपर मेचीनगर ३ दोकान डाँडाबाट नियन्त्रणमा लिएको हो। ती टिपरहरूले स्टक प्रमाणित नगराएको पुरुवा मिक्स गिट्टी ओसारपसार गरिरहेका थिए।

त्यसैगरी, प्रहरी चौकी शनिश्चरेले प्रदेश–२–०३–००१–ख–३१८०, प्रदेश–२–०३–००१–ख–३१८९, प्रदेश–२–०३–००१–ख–३२७०, प्रदेश–२–०३–००१–ख–३२६८ नम्बरको टिपर र मे १ त ५३२८, मे १ त ७६५४, मे १ त ४०६०, प्रदेश–१–०१–००१–त–८०४६ नम्बरको ट्याक्टर अर्जुनधारा ४ स्थित विरीङ खोलाबाट नियन्त्रणमा लिएको हो। त्यसमध्ये मे १ त ५३२८ ट्याक्टरलाई कारबाहीका लागि अर्जुनधारा नगरपालिका पठाएको र नगरपालिकाले १० हजार जरिवाना तिराएको डिएसपी थापाले बताए।

‘नियन्त्रणमा लिएका सबै सवारीसाधनलाई सम्बन्धित पालिकाहरूमा पठाइसकेका छौँ, अब कारबाही पालिकाहरूले नै गर्ने हो,’ उनले भने, ‘सरकारले नदीजन्य पदार्थ उत्खननमा तीन महिना रोक लगाए पनि निर्बाध रुपमा खोला दोहन गरिरहेको गुनासो आएपछि प्रहरीले कारबाही सुरु गरेको हो। चुरे दोहन रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले असार, साउन र भदौ महिना देशभरका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ।संघीय सरकारको निर्णयबमोजिम खोलाको ठेक्का लगाउने स्थानीय सरकारले पनि सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउनुका साथै उत्खनन गरी स्टक राखिएको नदीजन्य पदार्थको स्टक प्रमाणित गर्न आह्वान गरिसकेको छ।

प्रतिकृया दिनुहोस्