रातोपोस्ट संवाददाता
झापा, ६ असार । झापा आज थप ८७ जना संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा पहिलो पटक आज कम संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज थप २ जना काेराेना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा इलाम फिक्कल र दमकका पुरुष छन् । आज २१८ जनाको डिस्चार्ज भएको छ ।