News Portal

मानसिक स्वास्थ्यबारे मेचीनगरमा ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
४४७ पटक

झापा, २७ असार । विचार चौतारी युवा क्लबको आयोजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम भर्चुअलरुपमा आइतबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको तालिमको सहजीकरण मानसिक स्वास्थ्य अभियान्ता बिन्जु बरालले गरेकी थिइन् ।

कार्यक्रमकी सहजकर्ता मानसिक स्वास्थ्य अभियान्ता बरालले विचार व्यवस्थापन, कोरोना कहरमा आफ्नो मनस्थिति कसरी दरिलो बनाइरहने र मानसिक रुपमा कसरी स्वस्थ्य रहन सकिन्छ भन्ने लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त तालिममा भगवानलाई सोध डटकमका सञ्चालक रिसब दाहाल, विचार चौतारी युवा क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी सिग्देल, बिन्जु मिडिया कर्नरका सञ्चालक विजय बराल, पालिका सन्देशका सम्पादक तिर्थ तिम्सिना, धुलाबारी जुनियर जेसिजका अध्यक्ष शैलेस गौतमलगायतको उपस्थिति रहेको थियो ।संस्थाका अध्यक्ष भण्डारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको स्वागत उपाध्यक्ष शिक्षा घिमिरेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्