News Portal

नेपालमा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ निको भए

रातोपोस्ट संवाददाता
३४७ पटक

काठमाडाैं, २९ असार । गएको २४ घण्टामा नेपालमा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १२ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिका ३ हजार ७८ जना निको भएका छन्।

यस्तै, आज १२ जनाको कोरोनाका कारण ज्यान गएको छ। यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ। आज काठमाडौं उपत्यकामा काठमाडौं ४१०, ललितपुर ९७ र भक्तपुरमा ८० जना गरी ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो देशभर १ हजार १३३ जना संक्रमणमुक्त भएका थिए भने २ हजार ३७० संक्रमित थपिएका थिए। १८ जनाको मृत्यु भएको थियो । यस्तै, काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको थियो जसमा काठमाडौं २८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्