News Portal

माओवादीबाट अर्थमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल

रातोपोस्ट संवाददाता
४९० पटक

काठमाडाैं, २९ असार । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्