News Portal

अर्थमन्त्री शर्माले कर्मचारीलाई भने- काम छोडेर चाकडी गर्न नआउनू

रातोपोस्ट संवाददाता
३३७ पटक

काठमाडौं, ३० असार । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्।

अर्थ मन्त्रालयमा पदबहालीपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए। मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताए।

मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न मन्त्री शर्माको आग्रह छ।

प्रतिकृया दिनुहोस्