News Portal

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

रातोपोस्ट संवाददाता
११७९ पटक

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । संसद् बैठक बस्ने भएकाले त्यसअघि बैठक बस्ने उनले बताए ।

आज साँझ ४ बजे पुनस्र्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको पनि बैठक बस्दैछ ।

प्रतिकृया दिनुहोस्