News Portal

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित

रातोपोस्ट संवाददाता
३७० पटक

काठकाडाैं, १२ साउन । एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित भएका छन्। सातौं अधिवेशनबाट प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा निर्वाचित भएका हुन्।

डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाका–१४ का डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन्। नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।

दुई हजार १९ पंजीकृत सदस्यहरूरहेको स्पेनमा एक हजार ९०४ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । कुल मतदातामध्ये ९४ प्रतिशतले मतदानमा भाग लिएका छन् । यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो। सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो।

प्रतिकृया दिनुहोस्