News Portal

काँकरभिट्टा स्वास्थ्य चाैकीमा खोपका लागि बिहानैबाट भिड

रातोपोस्ट संवाददाता
७५३ पटक

झापा, १२ साउन । कोरोना बिरुद्धको खोप लगाउन आज बिहानदेखि काँकरभिट्टा खोप केन्द्रमा भिड लागेको छ । मेचीनगर नगरपालिकाले आजदेखि कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने सुचना जारी गरेपछी खोप केन्द्रमा भिड लागेको हो ।

५४ बर्ष माथीका स्थानीय सर्वसाधारणलाई कोरोना बिरुद्धको भेरोसियल खोप लगाउन लागेपछि मेचीनगर –६ को काँकरभिट्टा स्वास्थ्य चाैकी आज बिहानैबाट भिड बढेको छ । काँकरभिट्टा स्वास्थय चाैकीमा ६, ७ र ८ नम्बर वडावासीलाई आज र भोली खोप लगाउन लागिएको हो । उमेर समुह तोकेर लगाइदै गरेको खोपकेन्द्रमा यो पल्ट भीड बढेका हाे ।

स्वास्थ्य मापदण्ड पुरा गरेर माक्स, सेनीटाइजर लगाएर सुरक्षित र मर्यादित तरीकाले खोप लगाउने भनी स्थानीय निकायले यस अघि नै सुचना जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्