News Portal

झापामा मङ्गलवार ३१२ संक्रमित थपिए, ४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४३६ पटक

झापा, १२ साउन । झापामा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । जिल्लामा मङ्गलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज थप चार जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यसमध्ये ३ जना झापा र १ जना पथरीका रहेका छन् । पथरी घरका सङ्क्रमितको दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बिर्तामोड, कमल र शिवसताक्षीमा एक/एक जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जनाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४३२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्