News Portal

मेचीनगरमा २३६० जनाले लगाए भेरोसिल खोप

रातोपोस्ट संवाददाता
४३८ पटक

झापा, १२ साउन । झापाको मेचीनगर नगरपालिकामा मंगलबार दुईहजार बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाएका छन् । नगरपालिकाले साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ । सोहि अनुसार नगरका विभिन्न स्वास्थ्य केन्द्रबाट २ हजार ३ सय ६० जनाले खोप लगाएको नगरपालिकाले जनाएको छ ।

सवैभन्दा बढी धुलावारी केन्द्रबाट ६ सय ३७ जनाले खोप लिएका छन् । बाहुनडाँगीबाट ३ सय ७०, काँकरभिट्टाबाट ५ सय ७५, धाइजनबाट २ सय ४८, दुहागढीबाट २ सय ८० र ज्यामिरगढीबाट २ सय ५० जनाले कोभिड १९ विरुद्घको भेरोसिल खोप लिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार मेचीनगरका अहिलेम्म १३ महिला र २७ पुरुषगरी ४० जनाको कोभिड १९ कै कारण ज्यान गएको बताए । नगरको तथ्याङ्ग अनुसार अहिले ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । तर, यो संख्या अझ उच्च रहेको अनुमान नगरपालिकाको छ । सवैभन्दा बढी मेचीनगरको १० नम्बर वडामा ८१ जना संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्