News Portal

बुद्धशान्ति गाउँपालिकामा १४१३ जनाले लगाए भेरोसिल खोप

रातोपोस्ट संवाददाता
५२५ पटक

झापा, १२ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा १ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाएका छन् । ५५ वर्षमाथिका नागरिकहरुलाई मंगलबारबाट लगाइएको खोपमा पहिलो दिन १ हजार ४ सय १३ जनाले लगाएका हुन् । खोप बुद्धशान्ति गाउँपालिका केन्द्र र शान्तिनगर स्वास्थ्यचौकीमा लगाइएको थियो ।

जसमा गाउँपालिका केन्द्रबाट ७ सय ५५ जनाले र शान्तिनगर स्वास्थ्यचौकीबाट ६ सय ५८ जनाले खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जानकारी दिए ।

मंगलबार खोप लगाउन छुट भएका नागरिकहरुले बुुधबार लगाउन सकिने स्वास्थ्य प्रमुख अधिकारीले बताए । खोप लगाउदा ५५ वर्षमाथिका सबै नागरिकहरुले आफ्नो परिचय खुल्ने परिचयपत्र वा नागरिकता अनिवार्य लिएर आउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस्