News Portal

एमाले नेता भीम रावल र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

रातोपोस्ट संवाददाता
५९१ पटक

काठमाडौं, २५ साउन । राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरूबीच शनिबार साँझ सवा ५ बजेदेखि राति झण्डै पाैने ८ बजेसम्म भेटवार्ता भएको रावलको सचिवालयले जनाएको छ।

एमालेभित्रको विवाद समाधान हुन नसकिरहेका बेला रावलले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई महत्त्वपूर्ण रूपमा लिइएको छ। उनीहरुबीचको भेटको पुष्टि भएपनि के विषयमा कुरा भयो भन्ने सार्वजनिक गरिएको छैन। एमालेभित्र देखिएको विवाद अझै समाधान हुन सकेको छैन।

यसअघि दुवै तर्फका पाँच/पाँच जना नेता सम्मिलित कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमितको प्रस्ताव तयार पारेपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन। वरिष्ठ नेता नेपाल पक्षले समानान्तर पार्टीको अभ्यास गरिरहेको छ। यसैबीच, आजका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठक भोलिका लागि सारिएको छ।

प्रतिकृया दिनुहोस्