News Portal

७२ वर्षीय वृद्ध बालिकालाई करणी गरेको आरोपमा पक्राउ

रातोपोस्ट
३९७ पटक

गोरखा,२५ साउन । ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो बालिकाको घरमा कोही नभएको मौका छोपेर मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको खानलमाथि आरोप छ ।आफूमाथि करणी भएको बालिकाले आमालाई सुनाइन्,’ डिएसपी प्रकाश दाहालले भने, ‘त्यसपछि आमाले जाहेरी दिनुभयो, सोही आधारमा खनाललाई पक्राउ गरेका हौं ।’

खनालबिरुद्ध सोमबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्