News Portal

भीम आचार्य प्रदेश–१ काे मुख्यमन्त्रीमा नियुक्त

रातोपोस्ट संवाददाता
४१० पटक

विराटनगर, १० भदौ । प्रदेश–१ काे मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

केही बेरअघि उहाँको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्षले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराउनु भएकाे हाे आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

आचार्य यसअघि माधव नेपाल समूहमा हुनुहुन्थ्याे । नेपालले पार्टी फुटाए नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उहाँ एमालेमै रहनुभएकाे थियाे ।प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा १३ सांसद आफ्नो पक्षमा भएको नेपाल नेतृत्वको नेकपा समाजवादीले दावी गर्दै आएको छ । अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन् ।

प्रतिकृया दिनुहोस्