News Portal

ईश्वर पोखरेल : देशलाई माया गर्नेहरु सबै एमालेमा गोलबद्ध हुँदै छन्

रातोपोस्ट संवाददाता
३०० पटक

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा विभाजित रहेको बताएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा १०औं महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।

एउटा पोलको लिड एमालेले गरिरहेको छ, जसको नेता केपी ओली हो। अर्को पोलमा तमाम शक्तिहरुको गठबन्धन छ, जुन शक्तिहरु सिद्धान्त मिल्दैन। विचार मिल्दैन। संविधान र कानुन उल्लंघन गर्ने मूल्य मान्यता उल्लंघन गर्ने, जारी विकास निर्माणमा अवरोध सिर्जना गर्ने र यो राजनीतिक अस्थिरता निम्त्याउनेहरु एक ठाउँमा छन्,’ उनले भने।

एमालेले नेतृत्व गरेको पोलमा एमालेका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक मात्र नभइ देशलाई माया गर्ने जनता, विकास निर्माण भएको देख्न चाहने, राजनीतिक स्थिरता चाहनेहरु गोलबद्ध रहेको उनले दाबी गरे। उनले पार्टीको सदस्य आठ लाख पुगेको जानकारीसमेत दिए। ‘पार्टी सदस्यता नवीकरणको काम भइरहेको छ।

आजसम्म केन्द्रीय कार्यालयमा आठ लाख पार्टी सदस्य प्राप्त भइसकेको छ,’ उनले भने। महाधिवेसनमा आउने प्रतिनिधि पदेन, निर्वाचित र थोरै संख्यामा मनोनीत प्रतिनिधि हुने उनले बताए। मनोनीतको संख्या पाँच प्रतिशतमात्रै हुने उनको भनाइ छ। महासचिव पोखरेलले महाधिवेशनका लागि आवश्यक खर्च नेता-कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुको सहयोगमा व्यवस्थापन गरिने बताए।

प्रतिकृया दिनुहोस्