News Portal

काठमाडौँमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

रातोपोस्ट संवाददाता
३२४ पटक

काठमाडौँ, २७ पुस । काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।

सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्