News Portal

काकँरभिट्टा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रम

रातोपोस्ट संवाददाता
५२७ पटक

झापा, २ चैत्र । झापाकाे काकँरभिट्टा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काकँरभिट्टा बहुमुखी क्याम्पसले होली मिलन कार्यक्रम तथा प्रथम बर्षका बिधार्थीलाई स्वागत गरेकाे छ ।

बुधबार क्याम्पसकाे सभाहलमा होली मिलन सांस्कृतिक कार्यक्रम तथा प्रथम बर्षका बिधार्थीलाई स्वागत गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश सदस्य तथा सांसद श्रीप्रसाद मैनालीकाे रहेकाे थियाे । त्यसैगरि विशिष्ठ अतिथिहरुमा अनेरास्ववियुका केन्द्रिय सचिवलय सदस्य दुर्गा धमाला, नेकपा एमाले प्रदेश सदस्य निलकण्ठ तिवारी र नेकपा एमालेका जिल्ला सचिवालय सदस्य डिल्ली घिमिरे रहेका थिए ।

कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष राेशन लामा, पार्टीका मेचिनगरका नगर अध्यक्ष राजु पाेखरेल, जिल्ला सदस्य टिका मंग्राती, दुर्गाप्रसाद लुइटेल, लमाेदर पाैडेल लगायत उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्ताेश धमलाले गरेका थिए । कार्यक्रमकाे सञ्चालन संगम बरालकाे रहेकाे थियाे भने अध्यक्षतामा सन्देश पाैडेलले गरेका थिए ।

स्वागत नृत्य गर्ने पुजा चुडाल, रस्मी तामाङ, अभिनास तामाङ, समिक्षा पाेख्रल, राेनिका थापा र प्रेनिया तामाङलाई प्रमाण पत्र प्रमुख अथिति मैनाली वितरण गरेका थिए । कार्यक्रममा प्रथम बर्षका बिधार्थीहरुलाई स्वागत तथा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्