News Portal

रसोई झापा सुपर लिगः आज दुई खेल हुँदै

रातोपोस्ट संवाददाता
३०२ पटक

झापा, ६ बैशाख । झापाको काँकरभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ ।

लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्स भिड्दै छन् । त्यस्तै दोस्रो खेलवोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच हुने छ।

बिहान ८ बजेबाट पहिलो खेल भद्रपुर र धुलाबारी बिच हुनेछ भने दाेस्राे खेल दिउँसो १ बजेबाट वोष्टर्न र विराट वारियर्सबिच हुने आयोजक समितिका अध्यक्ष हिमाल पोर्तेलले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ३ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्