News Portal

ढिस्कोले पुरिएर पाँचथरमा एक व्यक्तिकाे मृत्यु

रातोपोस्ट संवाददाता
५१६ पटक

फिदिम, ६ बैसमख । फिदिम स्थित बुद्धमार्गमा ढिस्कोले पुरिएका एक व्यक्तिकाे मृत्यु भएको छ । घर निर्माणका लागि चर पुजा गर्ने क्रममा ढिस्कोले पुरिएर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको निधन भएको प्रहरीले जनाएको छ ।ढिस्कोले
पुरिएका ढुंगानालाई प्रहरीले करिव ५० मिनेट पछि उद्धार गरेको थियो ।

उद्धार पश्चात उहाँलाई पाँचथर जिल्ला अस्पाल लगिएको थियो । अस्पातलले उहाँलाई मृत घोषणा गरेको छ । उहाँ फिदिम सुखबोध माबी जोरसालका पुर्व प्रध्यानाध्यापक हुनुहुन्थ्यो । बुद्धमार्ग स्थित लेखनाथ शिकारुको घरको वाल र सेप्टीट्याङकी समेत भत्किएर झर्दा पुरिएका ढुंगानाको ज्यान गएको हो ।

ढिस्कोले सैलेन्द्र पन्धाककको छोरी ९ वर्षकि साहिसा पन्धाकले नजिकैबाट हेरिरहेको अवस्थामा निज समेतलाई पुरेकोमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र र २ वटा स्काभेटरले उद्दार गरी निज बालिकालाई तत्काल जिल्ला अस्पताल पाँचथर फिदिम उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्