News Portal

गठबन्धनको नाममा कांग्रेस र माओवादीले धोका दिएको झलनाथको आरोप

रातोपोस्ट संवाददाता
४८८ पटक

झापा, १० बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका छन् । तर, स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेस र माओवादीले भूमिका नखेलेको आरोप लगाएका छन् ।

झापाकाे विर्तामाेडमा शनिबार आयाेजित जिल्ला स्थरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सोकुरा बताएका हुन् । प्रशिक्षण कार्यक्रममा धेरै ठाउँमा कांग्रेस र माओवादीले धोका दिएको आरोप लगाए । उनले सबै जिल्लामा कांग्रेस र माओवादीले गठबन्धन विराेधी त्यस्तै रवैया देखाएको आरोप लगाए । प्रशिक्षण कार्यक्रममा खनालले स्थानीय तहमा आवश्कता अनुसार सबै दलसँग स्थानीय तहमा तालमेल हुन सक्ने बताए । केन्द्रमा जे जस्तो सहमति भएपनि स्थानीय तहमा भने आवश्कता अनुसार सबै देशभक्त पार्टीस‍‌ग तालमेल हुन सक्ने बताएका छन् ।

गठबन्धन बिच उम्मेद्वारको भागवण्डा मिलाउन कुनै पनि बहाना नचल्ने बताउँदै उनले आफ्नो पार्टीले सम्मान पूर्वक स्थान पाउनु पर्नेमा जोड दिए । एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी भएका कारण साझा आधारमा सहमती खोज्ने प्रयास गर्ने छौं उनले भने । तर, सहमती नभए आफ्नो पार्टी कसैसंग पनि सानो भएर नझुक्ने बताए ।

झापामा कांग्रेस र माओवादी बीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुख मात्र दिन खोजेका थिए । अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टीले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो । सो पार्टीले चार वटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडने भएकाे हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्