News Portal

आज रसोई झापा सुपर लिगको फाइनल :बोस्टन ब्लास्टर्स र टाइगर्स प्रतिस्पर्धा गर्दै

रातोपोस्ट संवाददाता
४८१ पटक

झापा, ११ बैशाख । रसोई झापा सुपर लिगको फाइनलमा बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्स खेल्ने भएका छन् ।लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बैशाख ३ गतेदेखि जारी प्रतियोगितामा ५ वटा टिमकाे सहभागीता रहेका थियाे । ५ टिम सहभागी प्रतियोगिताको अंक तालिकामा शिर्ष स्थानमा रहेका २ टिमबीच आज उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। धुलाबारी अंक तालिकाकाे शिर्ष स्थानमा रहँदै फाइनल आइपुगेको हो भने बोस्टनले आफ्नो अन्तिम खेलमा रोमान्चक र उत्कृष्ट प्रदर्शन गर्दै तालिकाकाे दोस्रो स्थानमा आउन सफल भएको हाे ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ३ हजार प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्