News Portal

एकीकृत समाजवादीले शिबसताक्षीमा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवार उठाउने

रातोपोस्ट संवाददाता
६०७ पटक

झापा, ११ बैशाख । नेकपा (एकीकृत समाजवादी) ले झापाको शिबसताक्षीमा मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवार उठाउने भएको छ । समाजवादीको नगर कमिटीले शिबसताक्षीमा गठबन्धनको औचित्य अनुरुपको व्यवहार नभएको भन्दै आफ्ना उम्मेदवार नगर र सबै वडामा उठाउने निर्णय गरेको हो ।

आज पार्टी नगर समितिको बैठक बसि भोलिसम्म सबै उम्मेदवारको नाम नगर कार्यालयमा पठाउन नगर पार्टीका नेतालाई निर्देशन दिएको नगर सचिव शान्तिराम न्योपानेले जानकारी दिए । नगरका सचिव न्यौपानेका अनुसार भोलि मेयर, उपमेयरसहित सबै वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गर्ने उनले बताए ।

सचिव न्यौपानेले कांग्रेस र माओवादीले एकतर्फी रूपमा गठबन्धन तोडेको आरोप लगाए । काँग्रेस र नेकपा माओबादीले गठबन्धन ताेडे पछि जसपा र संघिय लिम्बुवान मञ्चसंग छलफल जारी रहेकाे हुनाले जसपा र संघिय लिम्बुवान मञ्चसंग तालमेल हुन सक्ने नगर उपसचिब खेम मैनालीले बताए । नगरमा चुनाबी तालमेल नभए एकलै चुनाबमा भाग सहभागि हुने नेकपा एस शिबसताक्षीका नेताले बताएका छन् ।

प्रतिकृया दिनुहोस्