News Portal

मेचीनगरको उपमेयरमा डिल्लीराम घिमिरेद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
६९६ पटक

झापा, १२ बैशाख । झापाकाे मेची नगरपालिकाको उपमेयरका लागि स्वतन्त्र उम्मेदवार डिल्लीराम घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपमेयर उम्मेदवार घिमिरेले साेमबार नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

साेमबार दिउसाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका घिमिरेले संक्षिप्त प्रतिकृया दिदै आफु हिजो पनि जनसेवक काम गरेकाे र भोली जनसेवक बन्ने बताए ।

एक प्रश्नमा उनले जनताको सेवा गर्न पार्टी नै चाहिन्छ भन्ने छैन जहाँ रहेर पनि जनसेवा गर्न सकिने भएकाले आफुले उपमेयर पदका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले नगर विकासकाे निम्ति आफुस‌ग याेजना रहेकाे बताए साथै नगरभरि वृद्धभत्ता वितरण घर-घरमै पुगेर वितरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिकृया दिनुहोस्