News Portal

बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष पद ५ जना र उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी दर्ता

रातोपोस्ट संवाददाता
४४२ पटक

झापा, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाकाे बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । जसमा नेपाली काँग्रेसको तर्फबाट मनोज प्रसाई, नेकपा एमालेबाट मीरा भूर्तेल, राष्ट्रिय प्रजातन्त्रबाट धु्रव कोइराला, मंगोलन नेशनल अर्गनाइजेसनबाट खड्ग तामाङ र स्वतन्त्र उम्मेद्वारको रुपमा लक्ष्मी सुवेदी रहेका छन् ।

उपाध्यक्ष पदका लागि भने हालसम्म ६ जनाको उम्मेद्वारी परेको बताइएको छ । जस अनुसार नेकपा एमालेबाट भवानी खतिवडा, राष्ट्रिय प्रजातन्त्रबाट इन्दिरा रिजाल, मंगोल नेशनलबाट बुधमाया लिम्बु र स्वतन्त्र उम्मेद्वारका रुपमा मनोरथ तिवारी, योगमाया पराजुली, भीमकुमार नेवार उम्मेद्वार रहेका छन् । यो समाचार तयार हुँदा सम्म बिभिन्न दल र स्वतन्त्र उम्मेदवार सहित बुद्धशान्तिमा ६३ जनाले मनोनयन दर्ता गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्