News Portal

बिहान कांग्रेस छोडेर एकीकृत समाजबादी प्रवेश, दिउँसो वडा अध्यक्षको उम्मेदवार

रातोपोस्ट संवाददाता
४७९ पटक

झापा, १३ बैशाख । कांग्रेसबाट झापा शिबसताक्षी- ६ वडा उपसभापति सन्तोषकुमार इजम नेकपा एकीकृत समाजबादीका प्रवेश गरेलगत्तै उम्मेदवार बनेका छन्।

एकीकृत समाजबादीका तर्फबाट उनी शिबसताक्षी वडा नम्बर- ६ को उम्मेदवार बनेका छन् । इजम सोमबार बिहान नेकपा एकीकृत समाजबादी प्रवेश गरेका थिए । उनलाई एकीकृत समाजबादीका नगर अध्यक्ष नबिन इजमले सन्तोषलाई पार्टी प्रवेश गराएका थिए।

सोमबार निर्बाचन अधिकृतको कार्यलय शिबसताक्षीमा पुगेर वडाध्यक्षमा उमेद्धारी दर्ता गराएका थिए । बिद्यार्थी जीवनबाट नेपाली कांग्रेसको राजनीतिमा सकृिय रहेका सन्तोष वडाको निर्बाचित उपसभापति हुन । वडा अध्यक्षका उम्मेदार सन्तोषले वडाबासी साथ पाए वडालाई नगरको नमुना वडाको रुपमा बिकास गर्ने प्रतिबद्धता व्क्त गरे । कांग्रेसले यो वडामा बहालवाला वडा अध्यक्ष मनाेज खुलाल कार्कीलाई नै पुन: टिकट दिएको छ ।

प्रतिकृया दिनुहोस्