News Portal

नेकपा समाजवादीबाट बिर्तामोडको उपमेयरमा सिग्देलको उम्मेदवारी

रातोपोस्ट संवाददाता
४८६ पटक

झापा, १३ बैशाख । नेकपा समाजवादीबाट बिर्तामोडको उपमेयरमा पत्रकार तीर्थ सिग्देलको उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट बिर्तामोडमा उपमेयरसहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिनेमा नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष तीर्थ सिग्देलसहित वडा न १ बाट अध्यक्षमा केदार ओडारी, वडा नम्बर ३ बाट पुन्यप्रसाद अर्याल, वडा नम्बर ४ बाट श्रीप्रसाद सिटौला, वडा नम्बर १० बाट चेतानन्द निरौला रहेका छन् ।

वडा सदस्यमा १४ जनाको उम्मेदवारी परेको सो पार्टीले जनाएको छ । नगरमा राम्रो उपस्थिति रहेकोले घर दैलो अभियान र टोल सभाको योजना अगाडि सारिएको पार्टी उपसचिब बीपी भट्टराईले बताए । बिर्तामोडमा उपप्रमुख उठेका सिग्देल लामो समयदेखि पत्रकारिता र लेखन कार्यमा सक्रिय ब्यक्ति रहेका छन् । उनले आफ्नो २५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै नगर विकासको खाका प्रस्तुत गरेका छन् ।

प्रतिकृया दिनुहोस्