News Portal

बाँसवारी सामुदायिक वनको नयाँ समितिलाई सपथ

रातोपोस्ट संवाददाता
४९३ पटक

मेचीनगर। झापाकाे मेचीनगरमा बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

निर्वाचन समिति संयोजक गङ्गाप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–११ का वडा अध्यक्ष सन्तोषकुमार मेचेको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष मेचेले निर्वाचन सर्वसम्मत गराउन सफल भएकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा मेचीनगर–११ का वडा सदस्यहरु सुनिल राजवंशी, अञ्जु बर्देवा, यशोदा डाँगी, नेकपा मेचीनगर–११ का अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाली काङ्ग्रेस मेचीनगर–११ का सभापति कुसुम मेचे, जिल्ला सव–डिभिजन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराई, नेकपा मेचीनगर–११ का सह–इञ्चार्ज शान्तिराम चिमरिया लगायतको आतिथ्यता रहेको थियो ।

निर्वाचन प्रक्रियाबाट समितिको अध्यक्षमा तकदिर प्रसाई, उपाध्यक्षमा अशोककुमार राजवंशी, सचिवमा हिमादेवी भट्टराई दाहाल, कोषाध्यक्षमा अनिता राजवंशी, सहसचिवमा नरेन्द्रकुमार राई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, महिला सदस्यहरुमा उर्मीला मगर, निर्मला कोइराला तथा सदस्यहरुमा आइतबहादुर विक, श्याम धिमाल, सुजन कँवर, मातृका धिमाल, राजेश राउत, कृष्णप्रसाद भट्टराई, रेणुका तामाङ, मिनिता केसी दाहाल, रीता खड्का कठेत, तीर्थकुमारी डाँगी, सीता सिटौला चयन भएको निर्वाचन समिति संयोजक कडरियाले जानकारी दिए ।

निर्वाचन समितिको सदस्यहरुमा चन्द्रप्रसाद आचार्य र पुष्पा मगर रहेका थिए भने कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य चन्द्रप्रसाद आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्