News Portal

मेचीनगरमा भाेलिदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट हुँदै

रातोपोस्ट संवाददाता
१२७ पटक

झापा, १८ बैशाख । झापाको मेचीनगरस्थित ड्राइगन युथ क्लबले भाेलिदेखि २ दिवसीय `हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट´गर्ने भएको छ ।

नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट एकाडेमी बनाउने उद्देश्यले टुनामेन्ट गर्ने भएको हो । उक्त टुनामेन्टको सम्पुर्ण तयारी भएको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

भारतका २ वटा टिमसहित झापाका १६ टिमले सहभागिता रहने जनाएको छ । टुनामेन्टमा प्रथम र द्वितीय घोषित टिमलाई ३० र २० हजार नगद ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष राजु धिमालले जानकारी दिए । खेल अवधिभर उत्कृष्ट खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिने अध्यक्ष धिमालको भनाई छ ।

उक्त टुनामेन्टको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालय एकाडेमी तथा सहआयोजकहरुमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि रहने आयोजकको भनाई छ । क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै खेलकुदको माध्यमबाट मानिसको जीवन बदल्दै राष्ट्रियस्तरमा नाम कमाउने भएकाले पनि उक्त खेल मैदानलाई `क्रिकेट एकाडेमी´ को रुपमा बिकास गर्ने मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले बताए ।

हिमालयन अङ्ग्रेजी माबीका प्रिन्सिपल जगत तामाङ मेचीनगर-९ मा क्रिकेट एकाडेमी बनेपछि आन्तरिक र बाहृय पर्यटन आगमन हुने भएकाले खेलाडीलाई प्रोत्साहनसहित स्थानीय ठाउँको विकास गर्दै समाज बदल्न सक्ने धारणा राखेका थिए । मेचीनगर-९ का सदस्य राजन खड्काले स्थानीय ठाउँको प्रबर्द्धन गर्न वडाले सबै क्षेत्रलाई उत्तीकै अवसर प्रदान गरेको बताएका थिए ।


खोला पसेर बगरमा परिणत भएको मेचीनगर-९ स्थित २० बिगाह जमिनलाई खेलमैदानको रुपमा बिकास गरेको टिमाइ बाटिका खेल मैदानका संरक्षक हाेमनाथ पाैडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्