News Portal

काँकरभिट्टा क्षेत्रबाट ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद

रातोपोस्ट संवाददाता
७५ पटक

झापा, १८ वैशाख । मेचीनगरको सालघारी र गैरीगाउँ क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद गरेको छ। गएराती सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार प्रहरीको संयुक्त टोलीले ५२ बोरा अवैद्य लत्ताकपडा बरामद गरेको एक विशेष स्रोतले जानकारी दिएको हो ।

उक्त स्रोतका अनुसार मेची खोलाको बगर, मकैबारी लगायतका क्षेत्रबाट उक्त सामान प्रहरीले बरामद गरेको हो। बरामद उक्त लत्ताकपडालाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने त्यसपश्चात भन्सार बुझाइन्छ। पूर्वी सीमानाका क्षेत्रबाट अवैद्य तवरले तस्करी भइरहेको र प्रहरीले यस्ता अवैद्य सामान बरामद गरेको यो पहिलो घट्‌ना भने होइन तर याे सामान कसरी नेपाल भित्रियाे भने गम्भीर प्रश्न उठेकाे छ।

प्रतिकृया दिनुहोस्