News Portal

कमल गाउँपालिकाका श्रेष्ठ उत्कृष्ट निजामती सेवाबाट सम्मानित

रातोपोस्ट संवाददाता
७४१ पटक

झापा,  भदौ  २२  ।     झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ १ लाख राशि र सम्मानपत्र सहितको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मानित भएका छन ।

निजामती दिवसको अवसरमा देशभरीबाट उत्कृष्ट १० जना निजामती कर्मचारीहरूलाई पुरस्कृत गरे अनुसार श्रेष्ठ निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन ।

सरकारले हिजो झन्डै ८० हजार कर्मचारी मध्येबाट १० जना उत्कृष्ट र तीस जनालाई निजामती पुरस्कारका लागी छनौट गरेको हो । श्रेष्ठ देशभरका ८० हजार कर्मचारी मध्येबाट उत्कृष्ट १० मा पर्न सफल भएका हुन ।

जनप्रशासनमा अब्बल श्रेष्ठ २०६० सालमा निजामती सेवामा प्रवेश गरेका थिए भने सेवा सुरु गरेको ७ बर्षमा नै शाखा अधिकृत भएका थिए ।

उत्कृष्ट निर्णय क्षमता र प्रभावकरी समन्वय गर्न सक्ने खुबी भएका श्रेष्ठले अहिले सम्मको सेवा यात्रामा भद्रपुर नगरपालिका, उर्लावारी नगरपालिका, जिल्ला विकास समिति संखुवासभा, खादवारि नगरपालिका, लालिगुरास नगरपालिका तेर्हथुम, सागुरिगढि गाउपालिका, बाह्रदशी गाउँपालिका लगायतका ठाँउहरुमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिसकेका छन।

श्रेष्ठ हाल झापाको कमल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रुपमा कार्यरत रहेका छन ।

प्रतिकृया दिनुहोस्