News Portal

करेन्ट लागेर एक युवाको मृत्यु

रातोपोस्ट संवाददाता
३६६ पटक

बिराटनगर,२८ असाेज। मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको  प्रहरी कार्यालय माेरङले   जानकारी दिएकाे छ  ।

प्रहरीका अनुसार करेन्टले बेहोस भएका लिम्बूको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार साँझ मृत्यु भएको र प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्