News Portal

झापाकाे बिर्तामोडबाट १४६ ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
३६३ पटक

झापा, १२ असाेज । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । सोमवार बिर्तामोड–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले १४६ ग्राम ब्राउनसुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामत गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट १४२.३७ ग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको छ ।

कोठाबाट डिजिटल तराजु एक थान, क्यानुन कम्पनीको क्यामरा र मोटरसाइकल बरामत गरि इप्रका अनारमनीमा राखिएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरि कारवाही गरिने झापा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्