News Portal

समाजसेवी गौरवती राजवंशीको निधन

रातोपोस्ट संवाददाता
५१३ पटक

झापा, १२ असाेज । बिर्तामोड क्षेत्रका पुराना बासिन्दा एवं समाजसेवी गौरवती राजवंशीको गएराति निधन भएको छ ।८६ वर्षको उमेरमा राति १२ः३० बजे उनको निधन भएको नातिनी ज्वाइँ कृष्ण राजवंशीले बताए ।

उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन् । उनी सतानु राजवंशीकी धर्मपत्नी हुन् ।तीनपल्ट प्रधानपञ्च भएका सतानु प्रख्यात थिए । गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान, कंचनजंघा हस्पिटलको अध्यक्ष रहेकी गौरवतीले सामाजिक क्षेत्रमा ठूलो योगदान दिएकी थिइन् ।

उनले महेन्द्र रत्न मावि अनारमनीलाई जग्गा दान दिएकी थिइन् । गौरवतीको आज कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्