News Portal

पूर्वराजारानीले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

रातोपोस्ट संवाददाता
२१ पटक

काठमाडौँ, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले यसवर्षको दसैँमा पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। पूर्वराजारानीले विजया दशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने शाहको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार टीका लगाइदिने कार्यक्रम निर्मल निवासमा हुने छ। ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपराह्न ४ बजे टीका बक्सने कार्यक्रम रहेको छ,’ पूर्वराजा शाहको सचिवालयले भनेको छ।

प्रतिकृया दिनुहोस्