News Portal

सामुदायिक वनको फुटबल सुरु : बहुवन र कालिकाको विजयी सुरुवात

रातोपोस्ट संवाददाता
४७३ पटक

मेचीनगर, १४ असाेज । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ । बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ ।
बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सरुवात गरेको छ । पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही १ हजार प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा कालिकाले नव ज्योति सामुदायिक वन बुद्धशान्तिलाई २ –० को गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच कालिका वनका रोहन सुब्बा भए । मंगलवारको पहिलो खेल मागुरमाडी सामुदायिक वन र प्रगती सामुदायिक वन तथा दोस्रो खेल हातेमालो सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन बिच हुने आयोजक जागृति युवा क्लबका सचिव अर्पण राईले बताउनु भयो ।

फुटबल आयोजक समितिका अध्यक्ष भुवन थापा मगरको सभापतित्व तथा पाँचपोखरी सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष काजी मेचेले स्वागत गरेको कार्यक्रमको सन्चालन सहसचिव रमेश भट्टराईले गरेका थिए । २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने आयोजक जागृति युवा क्लबका अध्यक्ष मित्र सारु मगरले बताए ।

प्रतिकृया दिनुहोस्