News Portal

मिल्यो बालकल्याण माविको कुटपिट घटना

रातोपोस्ट संवाददाता
२१ पटक

मेचीनगर, १६ मंसिर । मेचीनगर–५ स्थित बालकल्याण माविमा भएको कुटपिटको घटना प्रहरी प्रशासनसमक्ष पुगेर मिलेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बसेको दुवै पक्षको संयुक्त बैठकले घटना मिलाएको हो । जसक्रममा विद्यालयमा अब कुनै पनि समस्या आइपरे प्रक्रियागत तवरले अघि बढ्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले जानकारी दिए ।

शिक्षकले पनि विद्यार्थीले अब कुनै गल्ती गरे अभिभावकलाई जानकारी गराउने र विद्यालय परिसरमा अब हुलहुज्जत नगर्ने, केही समस्या आइपरे विद्यालय प्रशासन समक्ष जानकारी गराएर अघि बढ्ने लगायतका बुँदा समेट्दै मिलापत्र गरिएको उनको भनाई छ । शिक्षकले पनि विद्यार्थी कुटेको प्रति गल्ती स्वीकारे पछि र शिक्षक कुटेको घटनाप्रति स्थानीयले माफी मागेपछि घटना मिलेको बुझिएको छ ।

घटना मिलेपश्चात विद्यालय सञ्चालन हुने वातावरण बनेको विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले जानकारी दिए । अब यस्ता प्रकारका गतिविधि नदोहोर्याउने सहमति भएपछि घटना मिलेको उनको भनाई छ । यसअघि गत बुधबार विद्यालय परिसरमा विद्यार्थी र शिक्षक माथि कुटपिट भएको थियो । कुटपीट पछि घटना प्रहरीसम्म पुगेपछि विद्यालय बन्द समेत भएको थियो । अन्ततः घटनालाई साम्य पार्न दुवै पक्ष सहमति गर्न राजी भएका हुन् ।

प्रतिकृया दिनुहोस्