News Portal

मेची कृषकको साधारण सभामा सम्मान

रातोपोस्ट संवाददाता
२४ पटक

मेचीनगर, १६ मंसिर । मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख मीना उप्रेती पोख्रेलले सहकारीको ध्यान नाफामुखीतर्फ मात्रै उद्धत भएको पाइएकाले त्यसमा सेवामुखीतर्फ लाग्न आग्रह गरिन् । प्रमुख अतिथि उप्रेतीले केही सहकारी सञ्चालकको शैलीका कारण समस्या आएको भन्दै सबै सहकारीलाई एकै नजरले नहेर्न पनि आग्रह गरिन् । कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केन्द्र झापाका प्रमुख रविन्द्र सुवेदीले कृषकको माग बमोजिम सहकारीले कृषि औजारको माग गरे प्रदान गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रल्लादमणि ओली, ८ का अध्यक्ष गिरिराज धमला, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष टीका सुवेदी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इटाभट्टाका इन्चार्ज राजन ढकाललगायतले मन्तब्य राखेका थिए । सहकारीले विभिन्न विधाबाट उत्कृष्ट घोषित व्यक्तिहरुलाई कार्यक्रममा नगदसहित सम्मान गरेको छ । यस पटकको उत्कृष्ट बचतकर्ताको रुपा रश्मी धिमाललाई प्रदान गरेको छ । त्यस्तै, बाल बचततर्फ एन्जिन राजबंशीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो । अनिवार्य बचततर्फ प्रतापकुमार राजवंशी र लालमाया मगरलाई सम्मान गरेको हो । त्यस्तै, उत्कृष्ट कारोबार गर्ने चार जना माया खड्का, आमबहादुर राई, डम्बरकुमारी थापा, रामचन्द्र आचार्यलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो ।

त्यस्तै, उत्कृष्ट कृषकतर्फ पुजा पुरी र नरप्रसाद बाँस्तोला, रास्ट्रिय खेलाडी हिमा मगर, उत्कृष्ट ऋणी रामचन्द्र आचार्य र डम्बरकुमारी थापालाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक पम्फा लामा, अशोक लामा, ईश्वरी खरेल, भवमाया पराजुली, सुनिल गौतम, पादुशिह राजबंशी, नरप्रसाद अधिकारी, अनन्तप्रसाद घिमिरे, चन्द्रकान्त कर्ण, तलमुनि राजबंशी, पिताम्बर शर्मा, गौरिमा पौडेल, पदमबहादुर भट्टराई, गणेशबहादुर भट्टराई, निलकुमारी जोसी, जसमाय लिम्बू, पलमान थामी, मनमाया सारु मगर, तुलसीप्रसाद घिमिरेलगायतलाई नगदसहित सम्मान गरेको हो । अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा सम्पन्न २५ औं वार्षिक साधारण सभा एवम् माइनुट प्रमाणीकरण कार्यक्रमको सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्