News Portal

राष्ट्रियसभा सा‌ंसद उपाध्यायको निधन

रातोपोस्ट संवाददाता
५५६ पटक

काठमाडाै‌‌: संघीय संसद राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।

नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार निधन भएको हो। आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको आफ्नै निवासमा निधन भएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आएका थिए। हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका उपाध्याययको निधन भएको अर्का  राष्ट्रियसभा सदस्य प्रकाश पन्तले जानकारी दिएका छन्।

उपाध्यायको निधनप्रति कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन्। उनले फेसबुमा स्टाटस लेख्दै भनेको छन् ‘उपाध्यायको निधनबाट देशले नैतिकवान प्रजातान्त्रिक योद्धा,पार्टीले निष्ठावान नेता र हामीले असल मित्र गुमाउॅन पुगेका छौं।’

२०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्यायय सोही क्षेत्रवाट ३-३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए। २०३१ साल मधुवनी गाउँमा उनको जन्म भएको हो।

प्रतिकृया दिनुहोस्