News Portal

भेलु बाजेको निधन

रातोपोस्ट संवाददाता
७८ पटक

प्यूठान, २० बैशाख । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो ।

उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएको थियो ।

हिमलालले भने, ‘उहाँलाई एक्कासी सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरेका थियौं । बोल्न सक्ने अवस्थामा नै हुनुहुन्थ्यो । केहीबेर अघि मात्र डाक्टरले मृत घोषणा गरे ।’प्यूठान नगरपालिका–४ जुम्री घर भएका उनी बोल्ने शैलीका कारण सामाजिक सञ्जालमा चर्चित थिए । ६ महिना अघि मात्र उनले श्रीमती गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्