News Portal

अस्पतालबाटै भागेका दुई जना कोरोना स‌ंक्रमित फेला

रातोपोस्ट संवाददाता
३१७ पटक

वीरगञ्ज। नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट भागेका दुईजना कोरोनाभाइस स‌ंक्रमित फेला परेका छन्।

भागेका मध्ये एकजना बन्द रहेको फिल्म हलमा भेटिए भने अर्का संक्रमित उनकै घर भित्र फेला परेको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचाररत दुईजना अस्पतालबाट भागेका थिए ।

उनीहरु अस्पतालबाट भागेलगत्तै खोजीकार्य शुरु गरिएको थियो। उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेको बताइएको छ। वीरगञ्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिकृया दिनुहोस्