काठमाडौ, भदौ २१ । नोभेल कोरोना भाइरसका ९८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएको जानकारी दिए ।
जसमा २९० महिला र ६९० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३०३ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा २१ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा १०९ जना रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।