News Portal

पुलिसकाे डण्डाबाट हिजो भन्दा आज दुखाइ बढ्यो -नेता पाैडेल

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं ,१८ मंसिर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पुलिसकाे डण्डाबाट आफ्नो दुखाइ हिजो भन्दा आज बढेको बताउँदै सात दशककाे अथक प्रयासबाट प्राप्त गणतन्त्र माथि प्रश्न गरेका छन्,।                                                                                          हिजो   तनहुँकाे व्यास नगरपालिकामा पुल उद्घाटन गर्न गएका उनिमाथि प्रहरीले धरपकड गरेर केही समय हिरासतमा राखेकाे थियोे ।  व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको थियोे ।                                                                            पाैडेलले  बिहिवार बिहान सामाजिक सञ्जाल फेसबुुुक मार्फत लेखेका छन्,-  पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।
असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।

प्रतिकृया दिनुहोस्