News Portal

पृथ्वी जयन्तीमा राप्रपा झापाले चियापान कार्यक्रम आयोजना गर्ने

रातोपोस्ट संवाददाता
३९५ पटक

झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले २२९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाउँदै छ।

दिवसको अवसरमा उक्त पार्टीले हल्दिबारी गाउँपालिका ,  कचनकबल र बिर्तामोडमा आज चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिर्तामोडको हनुमान कम्पिलेसमा  पृथ्वीनारायण शाहको फाेटाेमा माल्यार्पण गरिने कार्यक्रमलाई पार्टीक राप्रपा नेता राजेन्द्र लिङदेनले  सम्बोधन गर्ने छन्। हल्दिबारी गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला समिति सदस्य  रबिन्द्र लिङदेनले बताए।

गाउँपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार हल्दिबारी गाउँपालिका र कचनकबल गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस्