News Portal

चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन

रातोपोस्ट संवाददाता
८५९ पटक

काठमाडौं,  २० फागुन ।  चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। बुधबार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो।

कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सहसचिव सरूपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा तथा सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आरवी कटवाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रिया राई रहेका छन्।

चलचित्र पत्रकार संघ नेपालको सुनसरीसहित ९ शाखा पुगेको छ। यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रीय समितिका महासचिव समीर बलामीले जानकारी गराएका छन्। संघले यसअघि नै आगामी चैत ३ गते केन्द्रीय समितिको साधारणसभा घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्