News Portal

विप्लव निकट मजदुर संगठन झापाको जिल्ला भेला सम्पन्न

रातोपोस्ट संवाददाता
१२३० पटक

झापा,१२ वैशाख । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाले जिल्ला भेला सम्पन्न गरेको छ।

झापाको दमकमा हिजो सम्पन्न भेलाले ज्ञानुकाे नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका मेची-काेसी ब्युरो संयोजक माेहनकाे प्रमुख आतिथ्यता रहेको उक्त भेलामा जिल्ला पार्टी इन्चार्ज नवराज, पार्टी ब्युरो सदस्य प्रशान्त, विजय, झापा जिल्ला सेक्रेटरी श्रीजंग, किसान महासंघका केन्द्रीय कोषाध्यक्ष दिनेश, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, देशभक्त जनमञ्चका केन्द्रीय सदस्य अर्जुनलगायतकाे आतिथ्यता रहेको थियोे ।

संगठनले बैशाख १८ गते झापाको बिर्तामोडमा महासंघको केन्द्रीय सम्मेलन गर्ने तयारी समेत गरिरहेको छ।

प्रतिकृया दिनुहोस्