News Portal

एकै दिन ३७ जनाको मृत्यु, ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४२४ पटक

काठमाडौं, २० वैशाख । कोरोनाभाइरसको संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ भने सात हजार ४४८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३७ जनाले ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ।

कोरोनाको दोस्रो लहर चलेयता मृत्यु हुनेको संख्या सबैभन्दा बढी हो। यसअघि १६ वैशाखमा ३५ जनाको मृत्यु भएको थियो। त्यस्तै, १७ हजार १७६ स्वाब परीक्षण गर्दा सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये १६ हजार ६५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार ३८८ र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ।

प्रतिकृया दिनुहोस्